माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा एमालेको पत्र दर्ता

NAWALPUR TIMES

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा एमालेको पत्र दर्ता
1629200209457

काठमाडौ । प्रमुख प्रतिपक्षी दल एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयलाई पत्राचार गरेको छ ।

पार्टीको निर्देशन र अनुशासन उलंघन गरेको आरोप लगाउँदै  नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीलाई सांसदबाट पदमुक्त गर्न एमालेले पत्र पठाएको हो ।

पत्र दर्ता भइसकेको संसद् सविचालयले जनाएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology