महिला खुला केन्द्रीय सदस्यमा एक जना बाहेक सबै देउवा प्यानलका

NAWALPUR TIMES

महिला खुला केन्द्रीय सदस्यमा एक जना बाहेक सबै देउवा प्यानलका
vote count congress22

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व कायम गरेको छ । खुला केन्द्रीय सदस्य ९ जना मध्ये एक जना मात्र शेखर कोइराला पक्षले जितेको छ । बाँकी ८ वटा पदमा देउवा पक्षले जितेको छ ।

महिलातर्फ खुला केन्द्रीय सदस्यमा डा. डिला संग्रौलाले सबैभन्दा धेरै मत पाएकी छन् । उनले दुई हजार ८८५ मत पाएकी हुन् । दोस्रो स्थानमा पुष्पा भुषाल रहेकी छिन् । भुषालले दुई हजार ७१८ मत पाइन् ।  प्रधानमन्त्रीसमेत रहेकी सभापति शेरबहादुर देउवा पत्नी डा. आरजू देउवा राणाले दुई हजार ५३६ मत पाउँदा चौथो बनेकी अम्बिका बस्नेतले दुई हजार ३३९ मत ल्याइन् ।

इश्वरी न्यौपानेले दुई हजार २५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइराला पौडेलले एक हजार ८५८, सुशीला ढकाल आचार्यले एक हजार ८०४ र रंगमती शाहीले एक हजार ७८९ मतसहित विजयी भएका छन् ।

निर्वाचितमध्ये प्रसाईंबाहेक सबै शेरबहादुर देउवा प्यानलका हुन् । प्रसाई भने डा. शेखर कोइराला प्यानलकी उम्मेदवार हुन् । ९ पदका लागि ३० जनाले उम्मेदवारी दिएका थिए ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology