मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भन्दै सर्वोच्चमा पाँचवटा रिट

NAWALPUR TIMES

मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भन्दै सर्वोच्चमा पाँचवटा रिट
1620732528777

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले हालै गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भन्दै सर्वोच्चमा पाँचवटा रिट परेका छन्।

सोमबार अदालतमा मन्त्रिपरिषद् विस्तारका विरुद्धमा  पाँचवटा रिट दर्ता भएका छन्। सरकारको वैधानिकताबारे अदालतमा विचाराधिन रहेको अवस्थामा मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भएकोले यसलाई रोक्‍न आदेश माग गरिएको छ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी मन्त्रिपरिषद् विस्तार भएको भन्दै पाँच जना अधिवक्ताहरूले सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

रिट दर्ता गराउनेमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू कञ्चनकृष्ण न्यौपाने, सीतादेवी श्रेष्ठ, शालिकराम सापकोटा र राजकुमार सुवाल रहेका छन्। प्रधानमन्त्री ओलीले गत शुक्रबार जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर पक्षका ८ जनालाई मन्त्री र २ जनालाई राज्यमन्त्रीमा नियुक्ति गरेर पुनर्गठन गरेका थिए।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology