भोलि राति बख्तरबन्द गाडीसहित चक्रपथ घुम्ने नेपाली सेनाको योजना

NAWALPUR TIMES

काठमाडौं, १८ माघ । भोलि राति नेपाली सेनाले बख्तरबन्द गाडीसहित काठमाडौं उपत्यकाको चक्रपथ घुम्ने भएको छ । नेपाली सेनाले नियमित अभ्यास योजना अनुसार युद्धमा परिचालन हुने बख्तरबन्द गाडीसहित चक्रपथ परिक्रमा गर्न लागेको हो ।

त्यस्तै, चक्रपथ परिक्रमासँगै ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जानकारी गराइएको छ ।

 

नेपाली सेनाको फेसबूक पेजमार्फत् भनिएको छ, ‘नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राति वख्तरवन्द गाडीहरुले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको ।

त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जानकारी गराउदछौं ।’

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology