बामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस, आन्तरिक उडान असाेज ५ गतेबाट

NAWALPUR TIMES

बामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस, आन्तरिक उडान असाेज ५ गतेबाट
0019 03 0aada2387405fd3aa1a0b05f4549c78d

काठमाडौ, भदौ २९ गते । आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभामा रिक्त सदस्य पदमा बामदेव गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सो कुराको जानकारी कृषि तथा सहकारी मन्त्री घनश्याम भुषालले दिनुभयो । यस अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँकाे नाम सिफारिस गर्ने बारे सचिवालय बैठकलाइ जानकारी गराउनु भएकाे थियाे । साथै नेपाल विद्युत प्राधिकरणकाे प्रमुख कार्यकारी पदमा कुलमान घिसिङकाे नाम सिफारिस हुने समाचारहरू सार्वजनिक भए पनि आज त्यस विषयमा कुनै एजेण्डै नआएकाे मन्त्री भुषालले जानकारी दिनुभयाे । यसैगरी असाेज ५ गतेबाट आन्तरिक उडान पनि सञ्चालन गर्ने निर्णय भएकाे उहाँले जानकारी गराउनुभयाे ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology