बाघले तीन गोही खायो

NAWALPUR TIMES

बाघले तीन गोही खायो
61ecd81661d78 tiger

चितवन-चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ। बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो। दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइते बाघले शिकार गर्न नसकेपछि मानिस छिर्ने गरेको केही होचो पर्खाल नाघेर प्रजनन केन्द्र छिरेको हो। यहाँ रहेका अन्दाजी १२ वर्षका माउ गोही खाएको उनले  जानकारी दिए।

बिहानको समयमा बाघले गोही खाएको हो। गोही खाने बाघ अन्दाजी १२ वर्षको भाले हो। सूचना अधिकारी तिवारीले भने, ‘बाघले गोही खाएको मैले सुनेको पहिलो घटना हो।’ गोही खाएपछि बाघलाई ‘डाटर्’ गरेर नियन्त्रणमा लिई बाँके पठाइएको छ। सो दिन पानी परेकाले ढिलो गरी कर्मचारी प्रजनन केन्द्र गएकाले बाघको आक्रमणबाट बचेका थिए।

बाघले आक्रमण गरी घाइते गोहीलाई बाघ भएको स्थान नजिक लगेर राखी खान आएको समयमा बाघलाई नियन्त्रणमा लिइएको हो। यसअघि बाँकेबाट एउटा बाघ यहाँ ल्याइएको थियो। यहाँ खोर खाली नभएपछि बाँके पठाइएको हो। हाल सौराहामा दुई र कसरामा दुई बाघ खोरमा छन्।रासस

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology