प्रधानमन्त्री ओलीले नागरिकतालाई सत्ता संरक्षणको औजार बनाएर राष्ट्रियतासँग सौदाबाजी गरे : राजमो

NAWALPUR TIMES

प्रधानमन्त्री ओलीले नागरिकतालाई सत्ता संरक्षणको औजार बनाएर राष्ट्रियतासँग सौदाबाजी गरे : राजमो
1621866100942

काठमाडौं । राष्ट्रपतिद्वारा जारी गरिएको “नेपालको नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८”प्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गरेर नागरिकता प्राप्तिका लागि अध्यादेशद्वारा अगाडि सारिएका प्रावधान राष्ट्रघाती भएको जनाएका हुन् ।

त्यस्तै, राष्ट्रघाती प्रावधानहरुको राजमोले कडा शब्दमा घोर विरोध तथा भत्र्सना गर्दै उक्त अध्यादेशको खारेजीका लागि माग पनि गरेको छ । जारी वक्तव्यमा भनिएको छ, ‘राष्ट्रपतिद्वारा जारी गरिएको अध्यादेशको दफा ३ को उपदफा (४) तथा ९५० राष्ट्रियताका लागि निकै घातक छ ।’

जारी विज्ञप्तीमा थप भनिएको छ, ‘दफा ३ को उपदफा (४) ले, “जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानले बंशजको नागरिकता” प्राप्त गर्ने तथा उपदफा (५) ले, “बाबुको पहिचान हुन नसकेका नेपाली नागरिकका आमाका सन्तानलाई” बंशजको नागरिकता दिने प्रावधानले देशको राष्ट्रियता तथा सार्वभौमसत्ता र अखण्डतामा गम्भीर आँच पुग्नेछ ।’

त्यस्तै, सुरुदेखि नै राजमोले “जन्मको आधारमा नागरिकता वितरण गर्ने” कार्यको विरोध गर्दै आएको उल्लेख गर्दै “जन्मको आधारमा” लाखौँ गैर नेपालीले नागरिकता लिन सफल भएकाले त्यसको छानबिन हुनुपर्ने र गैर नेपालीहरुले प्राप्त गरेका नेपाली नागरिकता खारेज हुनुपर्ने माग राख्दै आएको जनाएको छ ।

त्यस्तै, राजमोले प्रधानमन्त्री ओलीले नागरिकतालाई सत्ता संरक्षणको औजार बनाएर राष्ट्रियतासँग सौदाबाजी गरेका आरोप पनि लगाएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology