प्रधानमन्त्रीले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ: खाँड

NAWALPUR TIMES

प्रधानमन्त्रीले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ: खाँड
1616148001470

काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताएको छ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले संसद विघटन बदर भएपछि त्यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ कि पर्दैन भनी सोधेका हुन् ।
‘असंवैधानिक कदम हो भनेर न्यायपालिकाले निर्णय गरेपछि सरकारको निर्णय खारेज गरेपछि, विधिको शासन मान्छौं र संविधानको पालना गर्छौं भन्ने सरकारले नैतिक दायित्व लिनुपर्छ कि पर्दैन ?’ उनले सोधे ।
उनले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले अब नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने बताए।

सरकार संविधानकै जगमा उभिएको भन्दै उनले ओली सरकार बनेदेखि नै संविधानमाथि प्रहार भइरहेको नेता खाँडले बताए। संविधानको रक्षा गर्नु सरकारको पहिलो काम भए पनि ओली नेतृत्वको सरकार बनेदेखि निरन्तर रुपमा संविधानमाथि प्रहार सुरु भएको नेता खाँडले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology