नेपाली काँग्रेसको बर्दघाट नगर कार्य समितिमा जिसी प्यानल विजयी

NAWALPUR TIMES

नेपाली काँग्रेसको बर्दघाट नगर कार्य समितिमा जिसी प्यानल विजयी
barghat nc

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत आसन्न बर्दघाट नगरकार्यसमितिका लागि भएको चुनावी प्रकृया मार्फत दामोदर जिसिको प्यानल विजयी भएको छ ।

 

जिसीले शम्भुलाल श्रेष्ठको भन्दा ५८ मत बढि प्राप्त गर्नु भएको थियो । कुल ३२८ मत मध्ये जिसीले १९३ र श्रेष्ठले १३५ मत प्राप्त गरेका थिए ।

नवलपरासी जिल्लामा महाधिवेशनकालागि देवेन्द्र राज कण्डेल र विक्रम खनाल विचको गुट चुनावी मैदानमा गएका थिए ।

 

जसमध्ये दामोदर जिसी खनाल पक्षका मानिन्छन । जिसी यस अघिको समितिमा उपसभापति पदमा रहेका थिए भने श्रेष्ठ सभापतिमै रहेका थिए ।

 

जिसीले आफ्नो काधमा थप जिम्मेवारी आएको बताउदै पार्टिलाई एक ढिक्का बनाएर लाने बाँचा गर्दै सम्पूणलाई धन्यवाद व्यक्त गरेका थिए ।

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology