नायिका रेखा थापासहित १४ महिला राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत

NAWALPUR TIMES

नायिका रेखा थापासहित १४ महिला राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत
rekha thapa

काठमाडौं – नायिका रेखा थापासहित १४ जना महिला राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्यमा मनोनयन गरेका पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

मनोनित हुनेहरुमा लीलादेवी श्रेष्ठ, विन्दु पौडेल, रेखा थापा, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा रहेका छन्।

यसअघि पुस २० मा ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो। योसँगै राप्रपाको केन्द्रीय कार्य समिति १९५ सदस्यीय बनेको छ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology