देउवा निवास अगाडी काङ्ग्रेस कार्यकर्ताको प्रदर्शन

NAWALPUR TIMES

देउवा निवास अगाडी काङ्ग्रेस कार्यकर्ताको प्रदर्शन
nepali congress techpana

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठअगाडि कांग्रेसका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन्।

१४ औं महाधिवेशन समयमै गर्नुपर्ने भन्दै ुसबल कांग्रेसका लागि हाम्रो अभियानुमा आवद्ध रहेका युवाहरूले प्रदर्शन गरेका हुन्।

पार्टीका सातै प्रदेशका नेता तथा कार्यकर्ताले बिहीबार दिउँसो प्रतिनिधिमुलक रूपमा प्रदर्शन र धर्ना दिएका हुन्।

उनीहरूले नेपालको संविधान र पार्टी विधान सभापति देउवालगायत शीर्ष नेतालाई बुझाउने कार्यक्रम छ।
बिहीबार सभापति देउवा निवासमा कांग्रेसको केन्द्रीय समिति बैठक छ।

बैठकमा भाग लिन नेताहरू बूढानिलकण्ठ गइरहेका छन्। देउवा निवास बाहिर कांग्रेस नेताहरूले महाधिवेशन सुनिश्चित गरौंजस्ता लेखिएका प्लेकार्ड लिएर प्रदर्शन र कोण सभा गरेका छन्।

समयसीमाभित्रै महाधिवेशन सुनिश्चित गर्न दवाव दिन प्रदर्शन गरिएको नेता रञ्जित कर्णले जानकारी दिए। समायोजनका नाममा क्रियाशील सदस्यताको धाँधली बन्द गर्न पनि उनले माग गरेका छन्।

‘कांग्रेसले विधान र संविधानलाई कांग्रेसले पालना गर्नुपर्छ। विधानमा चार वर्षमा महाधिवेशन गर्ने भनेको छ। तर एक वर्ष थपेर संविधानअनुसार छ महिना अझै थप गर्दा पनि महाधिवेशन सुनिश्चित भएन,’ उनले भने।

विधानअनुसार देउवाको कार्यकाल भदौ २३ मा सकिँदैछ। आज देउवा निवासमा बस्ने बैठकले महाधिवेशन सार्ने तयारी गरेकोमा पनि उनीहरूले विरोध गरेका छन्।
सस्थापन इतर पक्षले समयमै महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन् ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology