‘देउवाको भूमिका ओलीको पार्टीको ‘स्याटेलाइट’को जस्तो भयो’

NAWALPUR TIMES

‘देउवाको भूमिका ओलीको पार्टीको ‘स्याटेलाइट’को जस्तो भयो’
upendra yadav UUKkIfkeWy

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भूमिका केपी ओलीको पार्टीको स्याटेलाइटजस्तो भएको आरोप लगाएका छन् । कान्तिपुर दैनिकसँगको अन्तरवार्तामा उनले भनेका छन् –

कांग्रेस अगाडि किन नसरेको हो ? विपक्षीको भूमिका विगत तीन वर्षदेखि किन ननिभएको हो ? तीन वर्षदेखि मुलुक प्रतिपक्षविहीन जस्तो देखिन्छ । बरु सत्तारुढ दलकै सांसदहरूले प्रतिपक्षको भूमिका निभाइदिएका थिए । लोकतन्त्र, संसदीय व्यवस्था रक्षाका लागि कांग्रेसले जुन भूमिका निर्वाह गर्नुपर्थ्यो त्यो आफै सिथिल के कारणले भएको हो ? यसको रहस्य के हो ? भन्ने कुरा आम जनताले सोचिराखेको छ ।

‘पिएम इन वेइटिङ’ भनेको उसको भूमिकामा निर्भर हुन्छ । नत्र त ‘वेइटिङ’मा मात्रै रहिरहन्छ । ‘वेइटिङ’ भनेको ‘वेइटिङ फर एक्सन’ हो, ‘अलवेज वेइटिङ्’ मात्रै त होइन । त्यहाँनेर एउटा गडबड छ ।

प्रतिपक्षको भूमिका निर्वाह नगरेको भनेको यहिँ हो । उहाँको भूमिका केपी ओलीको पार्टीको ‘स्याटेलाइट’को जस्तो भयो । उहाँले छायाँ सरकार पनि बनाउनुभएको हो । छायाँ सरकार भनेको रहेको सरकार असफल भएदेखि छायाँ सरकारले साच्चैको सरकारको भूमिका लिने हो । त्यो कुरा अरुले भनिराख्नुपर्छ र ? त्यो भूमिका र भनाइ त मिल्दैन । यसमा तारतम्य हुनुपर्छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology