दाउन्नेमा मोटरसाइकल दुर्घटना , एकजनाको ज्यान गयो

NAWALPUR TIMES

कावासोती । पुर्वी नवलपरासीको दाउन्ने बजारमा बुधबार साँझ ट्रक र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्गमको दाउन्ने बजारमा पूर्वबाट पश्चिम जाँदै गरेको ना.३.ख ४०९ नम्बरको ट्रकले सोहि दिशातफै जाँदै गरेको से.छ.प ८६७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक कन्चनपुरको पुर्नवास नगरपालिका घर भएका ३३ वर्षका रमेश अर्यालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते अर्यालको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिएका छ्न ।

दुर्घटनामा बर्दघाट नगरपालिका वडा नं ९ पश्चिम नवलपरासी बस्ने तुलसी कंडेल गम्भीर घाईते भएकि र उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको गिरीले बताए । ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको बताईएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology