डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री बन्दै

NAWALPUR TIMES

डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री बन्दै
dr nayaran khadka

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी गर्नुभएको छ । मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले सो प्रस्ताव राख्नुभएको र अन्य नेताहरु पनि सहमत बनेका कांग्रेस उच्च स्रोतले जनाएको छ ।

उच्च स्रोतका अनुसार डा. खड्काको नाममा सहमति भएपछि भोलि (बुधबार)नै उहाँलाई सपथ खुवाइने भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनुपर्ने तथा सार्क अध्यक्षका हैसियतमा नेपालले मन्त्रीस्तरीय बैठकसमेत बोलाएकाले परराष्ट्रमन्त्री चाँडो नियुक्त गर्नुपर्नेबारे बैठकमा छलफल भएको थियो ।

योबारे प्रधानमन्त्रीदेउवाले पार्टीमा भने छलफल गर्नुभएको छैन । यता कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पक्षले आफूहरुको सहमति बिना एकलौटीरुपमा मन्त्री नियुक्त गरिएमा नमान्ने बताएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology