ट्रकमाथि पहिरो, नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

NAWALPUR TIMES

ट्रकमाथि पहिरो, नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
narayanghad mugling pahiro

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

पहिरो ट्रकमाथि खसेको छ । रोकिराखेको ट्रकमाथि पहिरो खसेको थियो । ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पहिरोले पुरेको छ ।

रोकिराखेको ट्रक भएकाले त्यसमा कोही पनि मानिस नभएकाले हताहती नभएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान ५ः३० बजे पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ ।

पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि तीन घण्टाभित्र पहिरो पन्छाई सकिने कार्यालयले जनाएको छ । बिहीबार सोही सडकको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology