ज्ञानेन्द्र शाहलाई देउवाको आग्रह- ‘व्यवस्थाविरुद्ध नलाग्नुस्, शासन गर्ने भए चुनाव लडेर आउनु’

NAWALPUR TIMES

ज्ञानेन्द्र शाहलाई देउवाको आग्रह- ‘व्यवस्थाविरुद्ध नलाग्नुस्, शासन गर्ने भए चुनाव लडेर आउनु’
1615888150 OThvz 1

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वर्तमान शासन व्यवस्थाविरुद्ध नलाग्न आग्रह गर्नुभएको छ ।

बुधबार गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यदी शासन गर्ने भए चुनाव लडेर आउन चुनौति दिनुभयो ।

प्रजातान्त्रिक मुलुकमा चुनाव जितेर नेतृत्वमा आउन सकिने सुविधा रहेकाे समेत देउवाले बताउनुभयाे ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ। तर वर्तमान शासन व्यवस्था विरुद्ध नलाग्नुस्।’

संविधानमा केही त्रुटिहरु भए बरु आगामी दिनमा सच्याउँदै जान सकिने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology