जिल्ला प्रहरी कार्यालयका थुनुवालाई किताब

NAWALPUR TIMES

जिल्ला प्रहरी कार्यालयका थुनुवालाई किताब
hirasadma kitab

नवलपुर । पुर्वी नवलपरासीको जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका थुनुवाहरुका लागि किताबको व्यवस्था गरिएको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीमा गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक घनश्याम अर्यालले “हिरासतमा किताब” कार्यक्रम अन्तर्गत पुस्तकालयको उदघाटन गर्दै कार्यक्रमको शुभारम्भ गरेका हुन ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा बस्नेहरुलाई मानसिक तनाबबाट मुक्त राख्न र हिरासत मुक्त भए पछि सकारात्मक सोच सहित सामान्य जीवनमा फर्किन पुस्तक र पुस्तक पढने बानीले ठूलो सहयोग पुर्‍याउने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रहरी नायब महानिरीक्षक अर्यालले बताए ।

गण्डकी प्रदेश प्रहरी मुख्यालयले प्रदेशका सबै जिल्ला प्रहरी कार्यालय प्रमुख सँग गरेको कार्यसम्पादन सम्झौतामा राखिएको नवप्रवर्तनात्मक कार्यक्रम अन्तर्गत पुर्वी नवलपरासीमा पनि यो कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology