कावासोतीमा पोल ढल्दा ४ सय घर अँध्यारै

NAWALPUR TIMES

कावासोतीमा पोल ढल्दा ४ सय घर अँध्यारै
IMG 20220430 081356 scaled

नवलपुर— कावासोती नगरपालिकाको रुदौली गाउँमा शुक्रबार साँझको हावाहुरीले पोल ढाल्दा विद्युत् अवरुद्ध भएको छ । कावासोती नगरपालिका वडा नम्बर १२ रुदौलीमा हावाहुरीले १३ वटा पोल ढाल्दा त्यहाँका करिब ४ सय घरमा विद्युत् आपूर्ति रोकिएको हो । त्यहाँ करिब एक दर्जन घर तथा गोठको छानो उडाएको छ ।

स्थानीय राज चापागाईंका अनुसार विद्युत् आपूर्ति बन्द भएपछि विद्युत् प्राधिकरण कावासोती शाखामा खबर गरेपनि टोली शनिबार बिहान फिल्डमा आएको छैन ।

 


विद्युत् प्राधिकरण कावासोती शाखाले धेरै स्थानमा हावाहुरीले पोल ढलेका कारण नयाँ पोल पठाउने र काममा खटाउन थालिएको जानकारी दिएको छ । ‘धेरै स्थानमा त्यस्तै समस्या भएकाले जोडतोडले काम सुरु भइसकेको छ । दुई दिनभित्र विद्युत् दिने प्रयासमा छौं,’ प्राधिकरणका कर्मचारी नमराज कडरियाले भने ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology