कांग्रेस महाधिवेशन: २९ वटा मतपत्र हुने, मत हाल्न एक प्रतिनिधिलाई करिब ४५ मिनेट लाग्ने

NAWALPUR TIMES

कांग्रेस महाधिवेशन: २९ वटा मतपत्र हुने, मत हाल्न एक प्रतिनिधिलाई करिब ४५ मिनेट लाग्ने
Congress Nepali Congress1632365932

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको नारा ‘उत्साह, एकता, रुपान्तरण सफल बनाउन नेपाली कांग्रेसको १४औं महाधिवेशन’ तय गरिएको छ ।

पार्टीका प्रवक्ता तथा प्रचारप्रसार विभाग प्रमुख विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाले विहीबार अपरान्ह ४ बजे महाधिवेशनको लोगो पनि सार्वजनिक गर्दै छन् । प्रदेश महाधिवेशनको उदघाटनका क्रममा महाधिवेशनको लोगो सार्वजनिक गर्ने तायारी भइरहेको शर्माले जानकारी दिए ।

त्यस्तै यस पटकको महाधिवेशनबाट नेतृत्व चयन गर्दा प्रतिनिधिहरुलाई २९ वटा मतपत्र हुने र मत हाल्दा औसद ४५ मिनेट समय लाग्ने शर्माले जानकारी दिए । काठमाडौंको राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लबमा मतदानको व्यवस्था मिलाउने तयारी भइरहेको उनले बताए ।

प्रचार प्रसारका लागि दुई दिनपछि मात्र होडिङबोर्ड, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट प्रचारप्रार गरिने उनले जानकारी दिए

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology