काँग्रेसको आरोप : ओलीकै कारण फेरि लकडाउन गर्नुपर्ने स्थिति आयो (विज्ञप्तिसहित)

NAWALPUR TIMES

काँग्रेसको आरोप : ओलीकै कारण फेरि लकडाउन गर्नुपर्ने स्थिति आयो (विज्ञप्तिसहित)
Capture

कोरोना नियन्त्रण र रोकथामका लागि काँग्रेको ११ बुँदे माग

नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण फेरि लकडाउन गर्नुपर्ने स्थिति आएको आरोप लगाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार पत्रकार सम्मेलन गरेर अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक–भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थितिमा पुग्नु पर्नेको आरोप लगाएका हुन् ।

पत्रकार सम्मेलनकै क्रममा वितरित देउवाको प्रेस नोटमा काठमाडौंमा निषेधाज्ञा गरिएपछि लाखौ मानिस संक्रमित कम भएको स्थान अर्थात राजधानी बाहिर पुगेको र जसका कारण संक्रमण कम भएको ठाउँहरुमा समेत व्यापक  संक्रमण बढ्ने खतरा बढेको उल्लेख गरिएको छ ।

देउवाले कोरोनाको संक्रमणका कारण जनताले भोगिरहेको समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रवन्ध मिलाइ निषेधाज्ञाको समयलाई पूर्ण रुपमा सदुपयोग गर्न आवश्यक कामहरु गर्न आग्रह गर्दै सरकारलाई ११ बुँदे सुझाव समेत दिएका छन् ।

संक्रमितको उपचारका लागि अक्सिजन र भेन्टिलेटरको आपूर्ति सुनिश्चित गर्न, स्वास्थ्य सामग्रीको समुचित व्यवस्था गर्न, पीसीआर परीक्षणलाई व्यापक बनाउन, सीमामा होल्डिङ सेन्टरको व्यवस्था गर्नलगायतका माग काँग्रेसले सरकारलाई दिएको छ ।

काँग्रेसको मागको पूर्णपाठ 

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology