कस्तो रहला आजको मौसम ?

NAWALPUR TIMES

कस्तो रहला आजको मौसम ?
mausam 1c3a5

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ।

आज (बिहिबार) बिहान हाल प्रदेश-१, मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। साथै देशका बाँकी प्रदेशमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिहिबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश लगायत अन्य प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।

बिहिबार राति भने प्रदेश-१, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

साथै प्रदेश-१, मधेश प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology