ओली सरकारले राजदूतमा सिफारिस गरेका ११ जनाको नियुक्ति प्रक्रिया रद्द

NAWALPUR TIMES

ओली सरकारले राजदूतमा सिफारिस गरेका ११ जनाको नियुक्ति प्रक्रिया रद्द
1626593356330

काठमाडौं । निवर्तमान केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति प्रक्रिया सरकारले रद्द गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएपछि ओली नेतृत्वको सरकारले गरेका गरेका नियुक्ति बदर गर्ने निर्णय गरेको हो ।

निवर्तमान प्रधानमन्त्री ओलीले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवन प्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, रसियाका लागि जंगबहादुर चुहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, बहराइनका लागि युवराज कार्की, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरबियाका लागि मेराज मुसलमानलाई राजदूतमा नियुक्ति गर्ने निर्णय गर्नुभएको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology