ओली सरकारको नियुक्ती धमाधम खारेज हुँदै

NAWALPUR TIMES

ओली सरकारको नियुक्ती धमाधम खारेज हुँदै
1634964770273

काठमाडौं । सरकारले पूर्ववर्ती केपी ओली ओली नेतत्व सरकारले गरेका राजनीतिक नियुक्ति धमाधम उल्ट्याउन थालेको छ। सरकारको नेतृत्व फेरिनेबित्तिकै अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति फेरबदल हुने परम्परा नै भएको छ।

ओली सरकारले गरेका केही स्थायी प्रकृतिका नियुक्तिसमेत देउवा सरकारले उल्ट्याएको छ। केही नियुक्तिबारेमा अदालतमा मुद्दा दायर गरिएको छ भने केही मुद्दा विचाराधीन अवस्थामा छन्। राज्यका महत्वपूर्ण अंगमा ओलीले आफ्नो सेटिङ तयार गरेको आरोप त्यसबेला नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले लगाएका थिए। ओली सरकार ढल्नेबित्तिकै ओलीले गरेका नियुक्ति संकटमा परेका छन्।

यद्यपि ओली सरकारका सबै नियुक्ति उल्ट्याउने सरकारको नीति नभएको एक मन्त्रीको भनाइ छ। देउवा सरकार गत असार २९ गते गठन भएको थियो। सरकार गठन भएलगत्तै अघिल्लो सरकारले नियुक्ति गरेका लुम्बिनी प्रदेश र गण्डकी प्रदेश प्रमुख धर्मनाथ यादव र सीता पौडेललाई देउवा सरकारले प्रदेश प्रमुखबाट हटायो। साउन ३२ गते प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज झा पनि हटाइए।

 यसैगरी देउवा सरकारले गत असोज ५ गते ओली सरकारले गरेका राजदूतहरू फिर्ता बोलाउने निर्णय गर्‍यो। उक्त निर्णयबाट राजनीतिक नियुक्तिबाट पठाइएका राजदूतहरू फिर्ता बोलाइए, जसमा अमेरिकाबाट डा. युवराज खतिवडा, भारतबाट निलाम्बर आचार्य, चीनबाट महेन्द्र पाण्डे, बेलायतबाट लोकदर्शन रेग्मी, कतारबाट नारद भारदाज, स्पेनबाट दावाफुटी शेर्पा, मलेसियाबाट उदयराज पाण्डे, इजरायलबाट अञ्जन शाक्य, जापानबाट प्रतिभा राणा, बंगलादेशबाट वंशीधर मिश्र र ओमानबाट शर्मिला पराजुली फिर्ता बोलाइए।

सरकारले सुरुमै गृह मन्त्रालय र अर्थ मन्त्रालयमा सचिव फेर्‍यो। सरकारको नेतृत्व फेरिनेबित्तिकै गृहसचिव फेर्ने परम्परालाई देउवा सरकारले पनि कायम राख्यो। नागरिक दैनिकमा खबर छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology