एमालेको नेतृत्व छान्न भएको मतदान सम्पन्न, २१ सय मत खस्यो, नतिजा तीन घण्टाभित्र

NAWALPUR TIMES

एमालेको नेतृत्व छान्न भएको मतदान सम्पन्न, २१ सय मत खस्यो, नतिजा तीन घण्टाभित्र
uml 10th general election l

सौराहा । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट शुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । एमाले चितवनकी अध्यक्ष पार्वती रावलका अनुसार निर्वाचनमा  दुई हजार ९२ मत खसेको छ ।

महाधिवेशन प्रतिनिधि दुई हजार १५३ छन् । विद्युतीय प्रविधिबाट गरिएको मतदानको नतिजा तीन घण्टाभित्र आउने सो पार्टीको निर्वाचन आयोगले जनाएको छ ।  पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन भएको हो ।

त्यस्तै, केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन भएको छ । अरू सबै पदमा सर्वसम्मत भएको थियो  ।

यस्तै सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्यमा अर्याल, भीम आचार्य र टङ्क कार्कीको उम्मेदवारी परेको थियो ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology