उपप्रधानमन्त्री बन्ने कुरा निराधार, मेरो लक्ष्य पार्टी सभापति हो : महामन्त्री कोईराला

NAWALPUR TIMES

उपप्रधानमन्त्री  बन्ने कुरा निराधार, मेरो लक्ष्य पार्टी सभापति हो : महामन्त्री कोईराला
2020 09 165f61e6995c221

नवलपुर । नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले आफू उपप्रधानमन्त्री बन्ने कुरा हल्ला र निराधार भएको बताएका छ्न ।

देउवा नेतृत्वमा सरकार बने सँगै महामन्त्री कोइराला उपप्रधानमन्त्री बनेर सरकारमा सहभागी हुन लागेको समाचार केही अनलाइनहरुमा आए पछि कोइरालाले आफ्नो ध्यानाकर्षण भएको जनाउदै आफू सरकारमा सहभागी हुने कुरा निराधार भएको बताएका हुन ।

नवलपुर टाईम्स सँगको कुराकानीमा कोइरालाले भने “मेरो लक्ष्य  सभापति बनेर पार्टीलाई अगाडी बढाउने हो, सरकारमा जाने विषय अहिले मेरो प्राथमिकतामा छैन, म उपप्रधानमन्त्री या मन्त्री बन्दिन ।” महामन्त्री कोइरालाले आफुले आफ्नो समूहबाट मन्त्रीमा पठाउने नेताहरुको चयन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका नेताहरु सँग छ्लफल गरे पनि टुङ्गोमा पुगि नसकेको बताए ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology