काठमाण्डौ । बजारमा `आमा मेरि आमा´गित सार्वजनिक भएको छ । एम पी अर्यालको स्वर रहेको गीतमा पुस्तक प्रसादको शब्द तथा संगीत छ । उदय राज पौडेलले यसको एरेन्ज गरेका हुन भने म्युजिक नेपाल कम्पनीको युटुब च्यानल मार्फत यो गित बजारमा आएको हो ।
दिबङ्गत आमाको सम्झनामा बजारमा ल्याईएको गीत “आमा मेरि आमा”मा आमाको ममतालाई दर्शाईएको छ । आफ्नी आमा स्व. मायादेबी अर्यालको सम्झनामा गायक एम पी अर्यालले यो गीत बजारमा ल्याएका हुन् ।
प्रिन्स डेनियलले निर्देशन गरेको भिडियोमा महेन्द्र ढकाल, जयन्ती मोक्तान, इश्वरी बराल र बाल कलाकार कैराब भुषालको अभिनय देख्न सकिन्छ । संजय अधिकारीको छायांकन रहेको भिडियोलाई बिजय भुर्तले सम्पादन र मास्टरींग गरेका हुन ।
Facebook Comment