रेडियो संकेतको तिज गीत प्रतियोगिता भदौ २९ मा

NAWALPUR TIMES

रेडियो संकेतको तिज गीत प्रतियोगिता भदौ २९ मा
1694092497872

गैंडाकोट । नेपाली नारीहरुको महान चाड हरितालीका तिजको अवसरमा रेडियो संकेत ९३ मेघाहर्जले यो वर्ष पनि बृहत तिज गीत प्रतियोगिता २०८० कार्यक्रम गर्ने भएको छ । नवलपुर जिल्लाभर बाटै सहभागिता आव्हान गर्दै भदौ २९ गते कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

कला संस्कृति लाई संरक्षण गर्दै वषौं देखि गर्दै आएको प्रतियोगिता लाई निरन्तरता दिदै यस वर्ष पनि तिज गीत प्रतियोगिता २०८० कार्यक्रम गर्न लागिएको रेडियो संकेतका स्टेशन म्यानेजर सुजन अधिकारीले जानकारी दिए ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साथमा हुने प्रतियोगितामा प्रथम हुनेलाई १५,००० हजार , द्धितियलाई १०,००० हजार , तृतिय हुनेलाई ५,००० हजार र सान्त्वना ३००० नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

राष्ट्रिय तथा स्थानीय कलाकार हरुको प्रस्तुति रहने कार्यक्रममा नवलपुर भरका संघ,सस्था,कलेज महिला समुह हरुले सहभागिता जनाउन सक्ने कार्यक्रमको बिषय वस्तु खुल्ला रहेको र प्रतियोगी समुहमा सात जना देखि दस जनाको रहनु पर्ने र प्रतियोगितामा सहभागी हुन ईच्छुक समुहले भाद्र २८ गते सम्म आफ्नो समूहको दर्ता गरिसक्नुपर्ने कार्यक्रम सह आयोजक मनकामना आमा समूह अध्यक्ष विष्णु अर्यालले जानकारी दिएकी छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology