कावासोतीको एक घरमा ७ जनालाई ६ घण्टा बन्धक बनाएर चोरी

NAWALPUR TIMES

कावासोतीको एक घरमा ७ जनालाई ६ घण्टा बन्धक बनाएर चोरी

कावासोती । कावासोतीको कैलाश चोकमा अवस्थित एक घरमा परिवारलाई नै बन्धक बनाएर चोरी भएको छ ।

नवलपुरको कावासोती नगरपालिका ८ का ४६ वर्षिय सञ्जय खड्काको गाउँको विच भागमै रहेको घरमा परिवारका ७ जनालाई बन्धक बनाएर दुई जना हतियारधारि समुहले विभिन्न धाक धम्कि समेत दिई लुटपाट गरेर फरार भएको खुल्न आएको हो ।
गत मंसिर २ गते मंगलबार साँझ करिब ६ बजेको समयमा रातो रङ्गको नम्मर नखुलेको पल्सर मोटरबाईकमा आएका दुईजना व्यक्तिहरु घरमा प्रवेश गरि छलफल गर्न आएको वहाना बनाएर परिवारलाई नै करिब ६ घण्टा बन्धक बनाएको पिँडित परिवारले बताएको छ ।

पिडित खड्काका अनुसार उनिहरुले वृद्ध बुवा आमा, श्रीमति, छोराछोरी र बहिनि समेतलाई नियन्त्रणमा लिई आँफुहरु सामाजिक अभियन्ता भएको साथै स्थानिय मिटरब्याजिहरुको खोजि र कारबाहिकोलागि आएको भन्ने आशय व्यक्त गरेका थिए ।
उनिहरुको धाकधम्किका कारण आँफुहरु डराएको र लामोसमय पछि आँफ्नो टाउकोमा मुक्काले हानेपछि परिवारका सबैले एकसाथ प्रतिकार गर्दा एकथान आईफोन मोबाईल, दुईथान रेडमि मोबाईल र श्रीमतिले हातमा लगाएको बाला समेत लिएर दुवै जना फरार भएको खड्काले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरबाट झण्डै १ किलोमिटरको मात्र दुरिमा, बाटोहरुको चोकमै रहेको घरमा समेत संसाझै यस्तो किसिमको घटना घट्दा स्थानियमा त्रासको वातावरण सिर्जना भएको स्थानिय समाजसेवि एवं खड्काका छिमेकि समेत रहनुभएका कपिलदेव भुषालले बताउनुभयो । आफ्नो अनुहार माक्स र हेलमेटले लुकाएका ति दुई व्यक्तिहरु राति करिब १२ बजे फरार भएपछि मात्रै पिँडित परिवार घरबाहिर निस्किएर होहल्ला गरेको र त्यसपछि मात्रै प्रहरीलाई खबर गरेको भुषालको भनाई छ ।
उहाँले तुरुन्त प्रहरीको हटलाईन नम्मरमा फोन गर्न खोज्दा लामोसमय सम्म फोन नलागेकोले प्रहरीको प्राईभेट मोबाईल नम्मर खोजि गरि सम्पर्क गर्नुपरेको बताउनुभयो ।

यता जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक९डि।एस।पि।० मधु नेपालले मंगलबार राति करिब १ बजे आँफुहरुलाई उक्त घटनाबारे जानकारी आएको र त्यस लगत्तै प्रहरि टोलि खटिईगई रातिबाटै घटनाको अनुसन्धान सुरु गरिएको बताउनुभयो । डिएसपि नेपालले २ जना नकाब धारिहरुले परिवारलाई बन्धक बनाई मोबाईल लगायतका सामाग्रि लुटेर लगेको तर पिँडित परिवारले भनेजस्तो बन्दुक लगायतको हातहतियार भने प्रयोग भए नभएको वारे यसै भन्न सक्ने अवस्था नरहेको रेडियो कावासोतीलाई बताउनुभयो ।

उहाँका अनुसार घरमा भएको सिसिटिभि फुटेज, घटनाको प्रकृति, उनिहरुले प्रयोग गरेको सवारि लगायतको अनुसन्धान जारि रहेकोले कुनैपनि हालत दोषिलाई कारबाहिको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । साथै डिएसपि नेपालले समाजमा कहिँकतै त्यस्ता प्रकारका कुनैपनि शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरु देखेमा नजिकको प्रहरि कार्यालयमा खबर गरेर सहयोग गरिदिनुहुन समेत आग्रह गर्नुभएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology