कावासोती । चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर मुत्यु भएको भनिएको मकुना हात्तीको विषयमा छानविन गर्न समिति बनेको छ ।
वन मन्त्रालयले सहसचिव बुद्धिसागर पौडेलको संयोजकत्वमा पाँच सदस्य छानविन समिति बनाइएको हो । समितिमा वन विभाग, राष्ट्रिय निकुञ्ज विभाग, राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिने गणका एक एक जना प्रतिनिधि र एक जना चितवनका पशु चिकित्सक रहेको समिति बनेको निकुञ्ज विभागका महानिर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।
छानविन समितिले मकुना मार्नुको कारण र मानव वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनिकरण तथा सावधानीका विषयमा सुझाव पेस गर्नेछ ।
बुधबार दिउसो मानव बस्ती प्रवेश गर्न लागेको सुचना पाए पछि लखेटेर कोर एरियामा पठाउनका गएको नयाँ गोरख गण (क) गुल्म सौराहाका नेपाली सेना र निकुञ्जका हात्ती गस्ती टोलिलाईनै आक्रमण गर्न आउने क्रममा चुरेगज हात्तीलाई मकुनाले आक्रमणको प्रयास गरेको सूचना अधिकारी थापाले बताए ।
चुरे गज सहितको गस्ती टोलीलाई आक्रमणको प्रयास गरे पछि नेपाली सेनाले २ राउन्ड हवाई फायर गरेको थापाले बताए । हवाई फाएर गर्दा समेत नभागेर मकुनाले खगेन्द्रप्रसाद हात्तीलाई आक्रमणको प्रयास गर्दा उक्त हात्तीमा सवार निकुञ्जका रेन्जर श्याम थापा खसे पछि सेनाले थप तीन राउन्ड गोली चलाएको थियो । तीन राउन्ड गोली चलाउदा समेत नभागेर मकुनाले गस्ती टोलीलाई आक्रमण गरे पछि नेपाली सेनाको टोलीले थप एक राउन्ड गोली चलाएको र गोली लागेर एक किलोमीटर टाढा पुगेर हात्ती ढलेको सूचना अधिकारी थापाले बताए ।
मकुना ढले पछि पशु चिकित्सकको टोलीले तत्काल मृत घोषण गरेका र पोस्टमार्टम गर्दा हात्तीको घाँटीको दाहिने तर्फ एउटा गोली फेला परेको थापाले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१मा व्यवस्था भए अनुसार आत्मरक्षाका लागि गोली चलाउनु पर्ने बाध्यात्मक अवस्था आएकाले उक्त गोली लागेर हात्तीको मृत्यु भएको निकुञ्जले जनाएको छ ।
प्रकाशित : २०८१ माघ २४ गते २०:२०
Facebook Comment