डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घट्यो

NAWALPUR TIMES
प्रकाशित : २०८१ फागुन १६ गते २३:५८
डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घट्यो
petrol disel pump petrolium noc oil

कावासोती । नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यअनुसार घटेर आएकोले यहाँ पनि भाउ घटाइएको निगमले जनाएको छ ।

खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ६ रुपैयाँ २७ पैसा र पेट्रोल लिटरको ५० पैसा बढेर आए पनि हाललाई यथावत् राख्ने निर्णय शुक्रबार बसेको निगम सञ्चालक समितिले गरेको पनि विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : २०८१ फागुन १६ गते २३:५८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI