कावासोती । भारतले चन्द्रमाको दक्षिणी ध्रुवलाई लक्षित गरी पठाएको चन्द्रयान- ३ ले आवश्यक डेटा संकलनको काम शुरू गरेको छ । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले प्रज्ञान नामको रोभर विक्रम ल्यान्डरबाट बाहिर निस्किएर आफ्नो काम गर्न थालेको जनाएको हो ।...