Banner News
काठमाडौं, पुस २८ गते । नेपालका विकासकर्मीहरूको राष्ट्रिय सञ्जाल “नेपाल सहभागीमूलक कार्य समूह” (नेपान) का अध्यक्ष झविन्द्र भण्डारीलाई पितृशोक परेको छ। उहाँका ८२ वर्षे पिता बेदप्रसाद भण्डारीको आफ्नै निवास गुल्मीको चन्द्रकोट गाउँपालिका रुपाकोट दमुका गाउँमा यही पुस २३ गते बुधवार विहान निधन भएको हो। पछिल्लो समय उहाँ श्वास प्रश्वास रोगबाट पीडित हुनुहुन्थ्यो। उहाँको पार्थिब शरीरलाई बुधवार नै गुल्मी तथा स्याङ्गजा जिल्लाको दोभानमा रहेको प्रसिद्ध धाम रुद्रवेणीघाटमा लगी अन्येष्टि गरिएको थियो।...