काठमाडौं । रोहितकुमार पौडेल र सोमपाल कामीको अर्धशतकीय साझेदारीसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यूगिनीमाथि २ विकेटको जित हात पारेको छ । मंगलबार ओमानमा पपुवा न्यूगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।...