कावासोती । नवलपुरको कावासोती-८मा पर्ने खरकट्टा जंगलमा रोकि राखेको टिप्परमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छ्न ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शनिबार राति ९:१५ को समयमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना.३८.प १२७५ नं. मोटरसाइकल सडकमा बिग्रेर रोकि राखेको लु २ ख ४१६६ नं को टिप्परमा ठोक्किएको हो ।
दुर्घटनामा मोटरसाइकलमा चालक गम्भीर घाईते रहेका र उनको पहिचान खुलि नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाईते मोटरसाइकल चालकलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पठाईएको छ ।
प्रकाशित : २०८१ फागुन ३ गते २३:४२
Facebook Comment