कावासोती । नवलपुर क्षेत्र नं २ का नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर घर्तीले मतदाताको शिर झुक्ने काम नगर्ने प्रतिबद्धता गरेका छ्न ।
नेपाली कांग्रेस निर्वाचन परिचालन समिति क्षेत्र नं २ ले आयोजना गरेको पत्रकार सँग उम्मेदवार कार्यक्रममा बोल्दै घर्तीले यस्तो बताएका हुन । आफुलाई मत दिएर विजयी गराईसके पछि मतदाताको शिर झुकाउने काम नगर्ने प्रतिबद्धता गर्दै शिर उँचो र छाती चौडा हुने काम गर्ने बताएका हुन ।
मौन अवधी सुरु हुन भन्दा केही घण्टा अगाडि अगाडि पत्रकारसँग को भेटघाटमा बोल्दै उनले दुम्किबास त्रिवेणी सडक, नमूना सदरमुकाम, आलोक चक्रपथ, नारायणी नदि तटबन्ध, मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या, भुमिहिन सुकुम्बासी समस्या समाधान, धौवादी फलाम खानी लगाएतका महत्त्वपूर्ण कामलाई परिणाममा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
पत्रकारहरु प्रश्नको जवाफ दिने क्रममा घर्तीले विकास आयोजनाहरुलाई आवश्यकताका आधारमा स्थानीय तहसँगको समन्वयमा दिगो हुने गरेर अगाडी बढाउने तथा कानुनी व्यवस्थाका कारणले सम्पन्न हुन नसकेका कामलाई ऐन कानुनलाई संशोधन गरेर भए पनि सम्पन्न गर्ने बताएका हुन ।
जेनजी आन्दोलन छिको अवस्थामा आम नेपालीले परिवर्तित नेपाली कांग्रेसलाई रुचाएको बताएका घर्तीले क्षेत्र नं आफु विजय हुने दाबी गरे । कांग्रेसका उम्मेदवारलाई मत दिन मतदाता आतुर हुनुहुन्छ, परिवर्तन भएर आएको कांग्रेस प्रती जनताको भरोसा बढेको घर्तीले बताए ।
पत्रकार भेटघाटमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नवलपुर-२ का निवर्तमान सांसद विष्णु कुमार कार्कीले आफ्नो कार्यकालमा सुरु भएका नयाँ योजनाहरु सुरु गर्ने जिम्मेवारी ओमलाई दिन मतदातासँग आग्रह गरे ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुर्य गरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Facebook Comment