मनपरी शुल्क वृद्धि रोक्न निजि तथा संस्थागत विद्यालयलाई नेविसंघ नवलपुरको आग्रह, सुनुवाई नभए आन्दोलन गर्ने चेतावनी

NAWALPUR TIMES

मनपरी शुल्क वृद्धि रोक्न निजि तथा संस्थागत विद्यालयलाई नेविसंघ नवलपुरको आग्रह, सुनुवाई नभए आन्दोलन गर्ने चेतावनी

कावासोती । नेपाल विद्यार्थी संघ नवलपुरले जिल्लाका निजि तथा संस्थागत विद्यालयहरुले मनपरी शुल्क वृद्धि गरेर शिक्षा क्षेत्रमा चरम व्यापारिकरण सुरु गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार नेपाल विद्यार्थी संघ नवलपुरका अध्यक्ष हरि सुवेदी सहितको नेविसंघ नवलपुरको टोलीले प्याबसन नवलपुरका अध्यक्ष हरिहर अधिकारीलाई ज्ञापन पत्र बुझाउदैँ निजि तथा संस्थागत विद्यालयहरुले मनपरी शुल्क वृद्धि गरेर शिक्षा क्षेत्रमा चरम व्यापारिकरण सुरु गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको बताउदै तत्काल शुल्क वृद्धिको काम रोक्न माग गरेको छ ।
नेविसंघ प्याबसन अध्यक्षलाई बुझाएको ज्ञापनमा शिक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गर्नुपर्छ भन्ने संवैधानिक व्यवस्था हुँदाहुँदै पनि केजी निजी विद्यालयहरूले विद्यार्थीसँग अत्यधिक शुल्क असुली गर्दै शिक्षा क्षेत्रलाई व्यापारिक लाभको माध्यम बनाउने गलत अभ्यास गरिरहेका आरोप लगाएको छ ।

nsu

नेपाल सरकार, शिक्षा मन्त्रालय तथा स्थानीय तहहरूबाट शुल्क निर्धारण मापदण्ड २०७२ र निःशुल्क तथा अनिवार्य शिक्षा ऐन २०७५ अनुसार विद्यालयहरूले शुल्क पारदर्शी र नियमनमा आधारित निर्धारण गर्नुपर्ने प्रावधानहरू अवज्ञा गरेको देखिन्छा यसरी शुल्क बढाइ विद्याची र अभिभावकहरूलाई आर्थिक शोषण गर्नु पूर्णरूपमा अस्वीकार्य भएको नेविसंघले जनाएको छ ।

नेविसंघले ज्ञापन पत्र मार्फत निजि विद्यालयले मनपरी रुपमा गरिएको शुल्क तत्काल खारेज गर्नु पर्ने, प्रत्येक विद्यालयले न्यूनतम १०% विद्याचीलाई पूर्ण छात्रवृत्ति दिन सुनिश्चित गरिनु पर्ने, विद्यार्थीलाई अनावश्यक शुल्क, ड्रेस, पुस्तक आदि जबर्जस्ती बिक्री गर्न नपाईने, शिक्षा क्षेत्रलाई व्यावसायिक नाफाको साधन बनाउने प्रवृत्ति अन्त्य गरिनु पर्ने, शुल्क निर्धारणमा पारदर्शिता न्याई अभिभावक समिति तथा सम्बन्धित निकायको निगरानी अनिवार्य गरिनु पर्ने माग गरेको छ । मागहरू तत्काल पूरा नगरिए नेपाल विद्यार्थी संघले जिल्लाव्यापी विद्यार्थी आन्दोलनको घोषणा गर्ने तथा त्यसपछि आउने परिस्थितीको जिम्मेवारी प्याब्सन नवलपुर लिनुपर्ने नेविसंघले नवलपुरले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology