ब्रेक फेल भएको ट्रक होटलमा पस्दा दाउन्नेमा दुई वटा होटलमा क्षति

NAWALPUR TIMES

ब्रेक फेल भएको ट्रक होटलमा पस्दा दाउन्नेमा दुई वटा होटलमा क्षति

कावासोती । नवलपुरको दाउन्नेमा ब्रेक फेल भएर अनियन्त्रित भएको ट्रक होटलमा पस्दा दुईवटा होटलमा क्षती पुगेको छ ।

नारायणगढ बाट बुटवल तर्फ जाँदै गरेको ना५ख ८६७१ नं.को मार्वल लोड ट्रकको ब्रेक फेल भए पछि अनियन्त्रित भएर धौलागिरी होटल एण्ड लजमा पस्दा उक्त होटलमा पुर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले जानकारी दिए ।

डिएसपी नेपालका अनुसार ब्रेक फेल भए पछि अनियन्त्रित भएको ट्रक धौलागिरी होटलमा पसेको र धौलागिरी होटल सँगै रहेको स्थानीय पवन लम्सालले सन्चालन अर्को होटलमा समेत आंशिक क्षती पुगेको हो ।

घटनामा मानवीय क्षती नभएको तथा ट्रक र ट्रक चालक नवलपुर प्रहरीको नियन्त्रणमा रहेको डिएसपी नेपालले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology