प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पताल बनाइने : अध्यक्ष प्रचण्ड

NAWALPUR TIMES

प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पताल बनाइने : अध्यक्ष प्रचण्ड

कावासोती । हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी : तराई मधेस जागरण अभियान अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार देवचुली नगरपालिका–१६, रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गरेका छन ।

अनुगमनपछि आयोजित नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्राकृतिक चिकित्सा प्रणालीको महत्त्वमाथि प्रकाश पार्नुभयो। स्थानीयस्तरमा स्वास्थ्य पूर्वाधारको विकासमा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको प्रचण्डकाे धारणा थियो।

Untitled

कार्यक्रममा अध्यक्ष प्रचण्डले महिला आवाससहितको नयाँ उपचार कक्षको उद्घाटनसमेत गर्नुभयो। उहाँले आफ्नो प्रधानमन्त्री कार्यकालमा संघीय सरकारबाट १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै प्रदेश सरकारलाई थप लगानी गर्न आग्रह गरे । “स्थानीयस्तरमा सुरु गरिएको यस चिकित्सालय आज देशकै एक महत्वपूर्ण स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको छ,” उहाँले भन्नुभयो, “नेपालको योगा तथा प्राकृतिक चिकित्सा प्रणालीले पश्चिमी चिकित्सा प्रणालीमा देखिएका बेथिति हटाउँदै सस्तो, सुलभ र प्रभावकारी सेवा दिइरहेकै छ।”

चिकित्सक अभाव समाधानका लागि आवश्यक पाठ्यक्रम तयार गरी शिक्षणको व्यवस्था मिलाइने जानकारी दिँदै अध्यक्ष प्रचण्डले व्यवस्थापन र भौतिक पूर्वाधार निर्माणमा माओवादी केन्द्रको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन उहाँले आगामी दिनमा यस संस्थालाई प्राकृतिक चिकित्सा शिक्षण अस्पताल तथा विश्वविद्यालय का रूपमा विकास गर्न माओवादी केन्द्रले पूर्ण समर्थन गर्ने स्पष्ट संकेत दिए

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology