प्रगतिनगर खानेपानी अध्यक्षमा कांग्रेसका कडरिया निर्वाचित

NAWALPUR TIMES
प्रकाशित : २०८१ चैत ३० गते १०:००
प्रगतिनगर खानेपानी अध्यक्षमा कांग्रेसका कडरिया निर्वाचित

कावासोती । प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको शनिबार सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसका डिल्लीराम कडरिया अध्यक्ष पदमा निर्वाचित भएको छन।

कडरियाले निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी दुर्गादेवी विष्टलाई५६ मतको अन्तरले पराजित गरेका हुन । कडरियाले कुल १ हजार १ सय ५७ मत प्राप्त गर्दा विष्टले १ हजार १ सय ६ मत प्राप्त गरिन। अध्यक्ष पदका अर्का उम्मेदवार रास्वपाका सुदीप न्यौपानेले ६ सय ९७ र माओवादी उम्मेदवार इन्द्रमणी भुसालले ३ सय ६१ मत प्राप्त गरेका छ्न ।

त्यसै गरि सचिवमा विष्णुप्रसाद न्यौपाने १२७१ मत ल्याई विजयी हुँदा ढुण्डीराज काफ्लेले १११८ मत, रुद्रबहादुर मोक्तानले ६८५ मत र रेशमराज दवाडीले १९० मत ल्याएका छन् ।

लेखा संयोजकमा जीवन श्रेष्ठ निर्वाचित भएका छन् । १२०३ मत ल्याई विजय भएका श्रेष्ठको प्रतिष्पर्धी कांग्रेस उम्मेदवार बाल कृष्णकाफ्लेले १२०० मत, डिल्लीराज पौडेलले ६७७ मत र होमबहादुर बिकले १६५ मत ल्याएका छन् । त्यसै गरि लेखा सदस्य महिलामा कमला भट्टराई शर्मा ११९७ मत ल्याई विजयी हुँदा हीराकुमारी भुर्तेलले ११२२ मत, विन्दु दाहाल कोइरालाले ७२० मत र टेकमाया थापाले १७८ मत ल्याएका हुन् । लेखा सदस्य खुल्लामा शिवलाल पराजुलीले ११२४ मत ल्याई विजयी हुँदा नारायणप्रसाद शर्माले १११३ मत, होमनाथ अर्यालले ७५१ मत र कुन्तादेवी नेपालीले १७२ मत ल्याएका हुन ।

ब्लक १ सदस्यमा कृष्णबहादुर थापा, ब्लक २ सदस्यमा राधिका लम्साल, ब्लक ३ सदस्यमा नवराज तिवारी, ब्लक ४ सदस्यमा मोतिलाल अधिकारी, ब्लक ५ सदस्यमा रिखीमाया सिंजाली, ब्लक ६ सदस्यमा टीकाबहादुर आले, ब्लक ७ सदस्यमा इन्द्रमणी गौतम, ब्लक ८ सदस्यमा विमला अधिकारी र ब्लक ९ सदस्यमा बुद्धिबहादुर लुँगेली निर्वाचित भएका छन् ।

डिल्लीराम कडरिया अर्थात कांग्रेसको प्यानलबाट अध्यक्ष सहित लेखा सदस्य महिला, ब्लक १, ब्लक ६ र ब्लक ९ सदस्य निर्वाचित भएका हुन् भने दुर्गादेवी विष्ट प्यानल अर्थात एमाले प्यानलबाट सचिव, लेखा संयोजक, लेखा सदस्य खुल्ला, ब्लक ४, ब्लक ५, ब्लक ७ र ब्लक ८ सदस्य निर्वाचित भएका हुन भने ब्लक २ र ब्लक ३ का सदस्य सुदिप न्यौपाने अर्थात रास्वपाप्यानलबाट निर्वाचित भएका हुन् । यो निर्वाचनमा माओवादीका उम्मेदवारहरुले कतै पनि जित निकाल्न सकिन्न ।

कुल ४८२८ मतदाता रहेको संस्थाको निर्वाचनमा ३४८३ मत खसेको थियो । यसपटकको निर्वाचनमा कांग्रेस, एमाले, माओवादी र रास्वपा छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।

प्रकाशित : २०८१ चैत ३० गते १०:००
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI