दुम्किबासको विनयी खोलामा बाढीले डाईभर्सन बगाउदा नारायणघाट बुटवल सडक अवरुद्ध

NAWALPUR TIMES

दुम्किबासको विनयी खोलामा बाढीले डाईभर्सन बगाउदा नारायणघाट बुटवल सडक अवरुद्ध

कावासोती । दुम्किबासको विनयी खोलामा आएको बाढीले  डाईभर्सन बगाए पछि बुटवल नारायणघाट सडक अवरुद्ध भएको छ ।

लगातार भएको वर्षाको कारण सडक हिलाम्मे हुँदा यातायात सन्चालनमा कठिनाई भएको बेला विनयी खोलामा आएको बाढीले डाईभर्सन बगाए पछि थप समस्या भएको हो ।

बिहानै देखि यात्रु बाहक र साना सवारी मुस्किलले आवतजावत गरेको भए पनि डाईभर्सन बगाउदा सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भए पछि अत्यावश्यक सवारी साधनहरु हाेङ्सी गेट हुँदै होङ्सी सिमेन्ट फ्याकट्रीको बाटो भएर दुम्किवास तर्फ पठाईएको नवलपुर प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology