नवलपुरमा आगलागी:  ९ महिनामा ४२ वटा घटना, ३ जनाको ज्यान गयो

 दीपक भट्टराई
प्रकाशित : २०८१ चैत २४ गते १०:१२
नवलपुरमा आगलागी:  ९ महिनामा ४२ वटा घटना, ३ जनाको ज्यान गयो

कावासोती । आर्थिक वर्ष २०८१ काे नाै महिनामा  नवलपुर जिल्लामा भएका ४२ वटा आगलागीका घटनाबाट ३  जनाको ज्यान गएको छ भने ८  जना घाइते भएका छन्।

आगलागीबाट विभिन्न संरचना जलेर नष्ट हुँदा करिब १ करोड ३७ लाख ८६ हजार रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय,नवलपुरका  सुचना अधिकारी मधु नेपालका अनुशार आगलागीका घटनाले मानविय, भौतिक र पशुजन्य गरी विभिन्न तहमा क्षति पुर्याएको छ।

तथ्यांकअनुसार, आगलागीका घटनामा १ वटा पशुको पनि मृत्यु भएको छ। यस्तै, १ वटा घर पूर्ण रूपमा र ९ वटा आंशिक रूपमा जलेको छ। गोठ तर्फ ८ वटा पूर्ण र १ वटा आंशिक क्षति पुगेको छ  एउटा बिधालयमा पनि क्षति भएकाे छ भने एउटा सवारी साधान र ११ वटा परालकाे टाैवा पनि जलेकाे छ  भने ५ लाख बराबरको विद्यालय सामग्री जलेको छ। अर्कोतर्फ, पसल, होटल, टहरा लगायतका संरचनामा ९ वटा क्षति पुगेको  प्रहरीकाे तथ्यांकमा उल्खेछ ।

सबैभन्दा  धेरै आगलागीकाे घटना चैत महिनामा भएकाे  देखिएकाे छ ।

प्रकाशित : २०८१ चैत २४ गते १०:१२

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI