समता स्कुल कावासोतीमा न्युनतम शुल्क तिर्न नसक्ने बिध्यार्थिहरुलाई निशुल्क पठनपाठन सहित नयाँ भर्ना

NAWALPUR TIMES

समता स्कुल कावासोतीमा न्युनतम शुल्क तिर्न नसक्ने बिध्यार्थिहरुलाई निशुल्क पठनपाठन सहित नयाँ भर्ना

कावासोती । समता शिक्षा निकेतन स्कुल कावासोतीले न्युनतम शुल्क तिर्न असक्षम बिध्यार्थिहरुलाइ निशुल्क पठनपाठनको ब्यवस्था सहित नयाँ भर्ना खुलाउने भएको छ । बिगत लामो समयदेखि न्युनतम शुल्कमा अङ्ग्रेजी माध्यमबाट शिक्षा दिदै आएको स्कुलले न्युनतम शुल्क तिर्न नसक्ने बिद्यार्थीहरुलाई निशुल्क पढाउने भएको हो । शैक्षिकसत्र २०८२ देखी पुर्ब प्राथमिक र प्राथमिक तहमा एसि सुबिधा सहितको कक्षामा पठनपाठनको ब्यवस्था सहित नयाँ भर्नाको तयारी गरिएको स्कुलका प्राध्यानाध्यापक महेश भुर्तेलले जानकारी दिए ।

पुरानो भवनबाट कावासोती ३ मा स्थानान्तरण भै पठनपाठन सुरु गरेको समता स्कुलले फाइब जि सुबिधा सहितको कम्प्युटर ल्याब ,बाताबरण अनुकुल कक्षाकोठा ,पर्याप्त खेलमैदान, तातो र चिसो पिउने पानीको ब्यवस्था, छात्र छात्राहरुका लागि छुट्टाछुट्टै सफा र प्रयाप्त शौचालयको सुबिधा , बालमैत्री खाजा सहितको क्यान्टिनको सुबिधा, कक्षा ९ र १०मा प्रोजेक्टर सहितको कक्षा संचालन, बालमैत्री पुर्बप्राथमिक तहका कक्षा निर्माण , होस्टेल र डे होस्टेल समेत सन्चालनको ब्यवस्था सहित नयाँ भर्नाको कार्यक्रम अगाडि बढाईएको भुर्तेलले जानकारी दिए ।

Messenger creation EAC446FD 7CA7 4C10 9BCB CE64A5848F26

भुर्तेलका अनुसार मासिक शुल्क १०० रुपैयाँले परिचित यस स्कुलमा कम्प्युटर ल्याब, खेलकुद, म्युजिक डान्स कक्षा, परियोजना कार्य, विभिन्न समयमा निरन्तर मुल्यांकनका लागि गरिने परिक्षाहरु, सास्कृतिक कार्यक्रम सहित सम्पुर्ण शुल्क जोडेर मासिक ७ सय ५० र १२ महिनामा ७ हजार ८ सय शुल्क तिरेर कक्षा नर्सरीदेखि सबै कक्षामा अध्यापन गराईको छ ।

यसका साथै अतिरिक्त कक्षाहरु,होस्टल, डे होस्टलको भने अतिरिक्त न्युनतम शुल्क लाग्ने जनाइएको छ । देशका विभिन्न जिल्लाहरु संगै भारत,म्यानमार लगाएत अन्य मुलुकहरूमा समेत समता स्कुलको शिक्षा अभियान संचालनमा रहेको छ ।

समता स्कुल कावसोतिले २०६९ साल देखि नै कक्षा ८ र १० का परिक्षाहरुमा कावासोती नगरपालिका संगै जिल्लामै उत्कृष्ट नतिजा दिदै आइरहेको स्कुलले कावासोती नगरपालिकामा छात्र र छात्रा तर्फ ४.०० जिपिए प्राप्त गर्ने एक मात्र बिधालय समता स्कुल रहेको भुर्तेलले दाबी गरे । समय र प्रबिधिको बिकास संगै समता स्कुल नवलपरासी बासको संरचनाबाट आधुनिक संरचना र प्रबिधिको स्कुलमा रुपान्तरित भएको हो । समता शिक्षा निकेतन वल्ड बुक अफ रेकर्डद्वारा समेत सर्टिफाइड स्कुल हो । स्कुलको संस्थापक उत्तम कुमार सन्जेल हुन

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology