कुमारवर्ती स्ववियु ले निर्माण गरेको क्रिकेट एकेडमीको सांसद कोइरालाद्वारा उदघाटन

NAWALPUR TIMES

कुमारवर्ती स्ववियु ले निर्माण गरेको क्रिकेट एकेडमीको सांसद कोइरालाद्वारा उदघाटन

कावासोती । कुमारवर्ती बहुमुखी क्याम्पस कावासोतीद्वारा निर्माण गरिएको क्रिकेट एकेडमीको नवलपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा.शशांक कोइरालाले शुक्रबार उदघाटन गरेका छ्न ।

IMG 20250307 WA0035

शुक्रबार क्याम्पसमा आयोजित कार्यक्रममा एकेडेमीको उदघाटन गर्दै सांसद कोइरालाले आफु पनि विद्यार्थीकालमा खेलाडी भएको स्मरण गर्दै विद्यार्थीहरुलाई खेलकुदसँग जोडिन सुझाव दिएका छन । “म मेरो युवा अवस्थामा क्रिकेट, फुटबल, बास्केटबल लगाएतका खेलहरु खेल्ने गर्थे, खेलकुदले युवाहरुको शारीरिक मानसिक विकासमा महत्त्वपूर्ण भुमिका निर्वाहा गर्छ, तपाईंहरु युवा हुनुहुन्छ, यो उमेरलाई खेलकुदसँगै अगाडी बढाउनु होला”, कार्यक्रमलाई सम्बोधन कोइरालाले भने ।

IMG 20250307 WA0055

फरक प्रसंगमा बोल्दै सांसद कोइरालाले कुमारवर्ती क्याम्पसमा विद्यार्थी आवतजावत गर्नका लागि यातायातको समस्या रहेको आफुले थाहा पाएकाले तत्काल क्याम्पसको लागि यातायातको साधनको व्यवस्था गर्ने बताएका छन । यसै गरि कोइरालाले स्ववियुले निर्माण गरेको एकेडमीका लागि आवश्यक खेलकुद सामाग्री समेत उपलब्ध गराउने आश्वासन दिएका छ्न ।

IMG 20250307 WA0037(1)
स्ववियु सभापति सुदिप चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख, क्याम्पस सन्चालक समितिका पदाधिकारी, नेपाली कांग्रेस, नेपाल तरुण दल तथा नेविसंघका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology