नवलपुरका पब्लिक क्याम्पसमा हुने स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशित

NAWALPUR TIMES

नवलपुरका पब्लिक क्याम्पसमा हुने स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशित

कावासोती । नवलपुरमा रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गत पब्लिक क्याम्पसहरु हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका सोमबार प्रकाशित भएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत पब्लिक क्याम्पस संघ नवलपुरको सोमबार बसेको बैठक पछि पब्लिक क्याम्पसहरुका लागि चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि एउटै कार्यतालिका प्रकाशन गरिएको पब्लिक क्याम्पस संघ नवलपुरका अध्यक्ष गुरुप्रसाद सुवेदीले जानकारी दिए।

सोमबार प्रकाशित कार्यतालिका अनुसार फागुन २१ गते संघ, संगठन दर्ता, फागुन २५ गते मतदाता सुची प्रकाशन, फागुन २७ गते उमेदवारको मनोनयन, फागुन २९ गते उमेदवारको अन्तिम नामावली प्रकाशन र चैत ५ गते निर्वाचन हुनेछ ।

received 1138840274222866

जिल्लामा कुमारवर्ती बहुमुखी क्याम्पस, मध्यविन्दु बहुमुखी क्याम्पस, एसपिएम कलेज, देवचुली कलेज, कालिका संस्कृत विद्यापिठ र अरुणखोला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै आएको छ । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत रहेको कालिका संस्कृत विद्यपिठ गैँडाकोटको भने निर्वाचन तालिक आउन बाकी रहेको छ ।

जिल्लाका विद्यार्थी संगठनहरुले यस पटक जनक कलेज गैँडाकोट, जनज्योति आदर्श बहुमुखी क्याम्पस प्रगतिनगर, नवजागरण बहुमुखी क्याम्पस चोरमारा र जनमुखी आदर्श बहुमुखी क्याम्पस गैँडाकोटमा समेत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनु पर्ने माग अगाडि सारेका छ्न । विद्यार्थी संगठनहरुले माग गरेको भए पनि यी क्याम्पसहरुमा निर्वाचन हुने नहुने तय भने भैसकेको छैन ।

नवजागरण बहुमुखी क्याम्पस, जनमुखी आदर्श बहुमुखी क्याम्पस र जनज्योति आदर्श बहुमुखी क्याम्पसमा अघिल्लो पटक निर्वाचन प्रक्रिया सुरु गरिएको भए पनि निर्वाचन हुन सकेको थिएन ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology