घाँस काटन गएकी महिला गैँडाको आक्रमणबाट घाइते

NAWALPUR TIMES
प्रकाशित : २०८१ माघ २३ गते १६:५४
घाँस काटन गएकी महिला गैँडाको आक्रमणबाट घाइते

कावासोती । देवचुलीमा घाँस काटन गएकी महिला गैंडाको आक्रमणबाट घाईते भएकी छिन ।

देवचुली-१ मा रहेको दिव्य मध्यवर्ती सामुदायिक वनमा घाँस काटन गएकी ३३ वर्षीय कुमारी आलेलाई गैँडाले आक्रमण गर्दा घाईते भएकी शिशवार उपभोक्ता समितिका अध्यक्ष नेत्र पाण्डेले जानकारी दिए ।

छिमेकी सहित घाँस काटन गएकी आलेको गैँडाले आक्रमण गर्दा दुवै खुट्टा दाहिने हातमा चोट लागेको पाण्डेले बताए । उनको अहिले भरतपुर अस्पताल उपचार भैरहेको र अवस्था सामान्य रहेको छ ।

निकुञ्जबाट निस्किने गैँडाले स्थानीयलाई आक्रमण गर्ने र बालीनाली खाएर नोक्सान गर्ने घटना बढेको भन्दै स्थानीयले गैँडा सार्न निकुञ्जलाई आग्रह गरेको भए पनि निकुञ्जले स्थानान्तरणको क्रममा दु:ख दिने गैँडा छोडेर अन्य गैँडा स्थानान्तरण गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन ।

प्रकाशित : २०८१ माघ २३ गते १६:५४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI