सहिद दिवसको अवसरमा गैंडाकोट जेसीजद्वारा दीप प्रज्वलन

NAWALPUR TIMES

सहिद दिवसको अवसरमा गैंडाकोट जेसीजद्वारा दीप प्रज्वलन
गैँडाकोट जेसीजद्वारा दिप प्रज्वलन

कावासोती । सहिद दिवसको अवसरमा गैंडाकोट जेसीजले दीप प्रज्वलन गरेको छ। देशको लागि प्राण आहुति दिने सहिदहरुको स्मरणमा गैंडाकोट नगरपालिका परिसरमा दिप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट जेसीजका पुर्व अध्यक्ष एवं नेपाल जेसीजका पुर्व कार्यकारिणी उपाध्यक्ष तथा पुर्व कानुनी सल्लाहकार गोकुल सापकोटाले जेसीज आफैमा विधिको शासनमा चल्ने संस्था भएकाले गैंडाकोट जेसीजले स्थापना कालदेखी नै सहिद दिवसको अवसरमा दिप प्रज्वलन गर्ने गरेको बताउदै आगामी दिनहरुमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथी समाजसेवी एवं नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय उपाध्यक्ष ललित श्रेष्ठले राजनीतिक नेतृत्वले सहिदले देखाएको बाटोमा हिड्न नसकेको गुनासो गर्दै जेसीजले खबरदारी गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

गैंडाकोट जेसीज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष एवं कार्यक्रमका अध्यक्ष अजय पौडेलले हामीले उपभोग गर्दै आएको स्वतन्त्रता, समानता अनि सार्वभौमिकता शहीदहरूले दिएका बलिदानलेले गर्दा भएकाले सहिदको सपना साकार पार्न लाग्नुपर्ने बताउनुभयो ।

गैंडाकोट जेसीजका उपाध्यक्ष एवं कार्यक्रम संयोजक आयुस पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण गैंडाकोट जेसीजका महासचिव मदन सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा गैंडाकोट जेसीजका पदाधिकारी,सदस्य तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology