कावासोती । एन्फा महिला लिग फुटबलको उपाधि एपीएफ क्लबले जितेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई४–० ले पराजित गर्दै एपीएफले लिगको उपाधि जितेको हो । एपीएफको जितमा सबिता राना मगरले २, र सुरु लिम्बु तथा अनु लामाले समान १–१ गोल गरिन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सक्किएको खेलको दोस्रो हाफको ६४औँ मिनेटमा सविताको गोलमार्फत एपीएफले सुरुआती अग्रता लियो ।
त्यसको ६ मिनेटपछि नै सुरु लिम्बुले अग्रता दोब्बर बनाइन् । ८४औँ मिनेटमा सविताले तेस्रो गोल गरिन् । इन्जुरी समयमा वैकल्पिक खेलाडी अनुले गोल गर्दै एपीएफको ४–० को जित पक्का गरिन् ।
अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपीएफले पहिलो चरणको लिगमा ९ खेलमध्ये ८ मा जित र १ बराबरी गर्न सफल भयो । उपाधिसँगै एपीएफले नगद १० लाख प्राप्त गरेको छ । उपविजेता पुलिसले ५ लाख प्राप्त गरेको छ ।
प्रकाशित : २०८१ माघ १६ गते १६:४३
Facebook Comment