प्रिय धन , हुप्सेकोट । नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारीमा रहेको सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समुद्घाटन नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गर्नुहुने भएको छ । विद्यालयको स्वर्ण महोत्सवको अवसरमा यहि मङ्सिर २९ गते शनिबारका दिन गृहमन्त्री लेखक हुप्सेकोट आउनुहुने भएको हो l
वि.स २०२७ सालमा स्थापित विद्यालयले स्थापनाको ५३ औं बर्ष पार गरेको अवसरमा स्वर्ण महोत्सव मनाउन लागेको हो l
स्वर्ण महोत्सवमा स्वर्ण स्तम्भ अनावरण,स्वर्ण स्मारिका बिमोचन सङ्गै प्राविधिक शिक्षा संचालनका लागि विविध कार्यक्रम संचालन गर्न लागिएको स्वर्ण महोत्सव मुल आयोजक समितिका संयोजक अमर गोदारले बताउनुभयो । उहाँका अनुसार मङ्सिर २९ गते भब्य समारोहका बीच गृहमन्त्री रमेश लेखकद्वारा उदघाटन हुने स्वर्ण महोत्सवको पौष ३ गते समापन हुनेछ ।
“प्रविधिमैत्री विद्यालय र कक्षा ९-१२ कम्प्युटर इन्जिनियरिङ्ग” सञ्चालन गर्ने योजना सहित बालमैत्री एवम् प्रविधिमैत्री कक्षाकोठा निर्माण,सुविधायुक्त विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब र ई-पुस्तकालयको व्यवस्था,स्मार्ट बोर्ड सहितको सुविधा सम्पन्न सेमिनार हल निर्माण ,बालमैत्री बाल उद्यानको निर्माण,अभिभावक र विद्यार्थीको मागलाई मध्यनजर गर्दै यातायातको प्रबन्ध गर्ने उदेश्यका साथ स्वर्ण महोत्सव आयोजना गर्न लागिएको हो ” गोदारले भन्नुभयो ।
स्वर्ण महोत्सवमा मङ्सिर २९ गते कलश यात्रा,स्वर्ण महोत्सव स्तम्भ अनावरण सहित समुद्घाटन,स्वर्ण स्मारिका विमोचन, शुभकामना मन्तब्य,स्थानीय झाँकी र मौलिक भेषभुषासहितको नृत्य,विद्यार्थीहरुको प्रतिभा प्रदर्शन , मंसिर ३० गते पूर्व शिक्षक तथा विद्यार्थी पूर्नमिलन, रक्तदान कार्यक्रम, जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता (मा.वि.तह) , पौष ०१ गते संस्थापक सदस्य तथा परिवार, आजीवन सदस्य, अक्षयकोष दाता, पूर्व तथा वर्तमान चन्दादाताहरुलाई सम्मान , अभिभावक मैत्रीपूर्ण खेल, विद्यार्थीहरुको प्रतिभा प्रदर्शन , पौष ०२ गते मंगलवार वर्तमान शिक्षक तथा कर्मचारी सम्मान,विद्यार्थीहरुको प्रतिभा प्रदर्शन,विद्यार्थी पुरस्कार तथा अक्षयकोष छात्रवृत्ति वितरण तथा अक्षयकोष दाता सम्मान,सहित पौष ३ गते महोत्सवको समापन गरिने विद्यालयका प्रधानाध्यापक टंकनाथ ढकालले जानकारी दिनुभयो ।
विद्यालयले स्वर्ण महोत्सब सफल पार्न समुदायका सबै पक्षलाई अपिल गरेको छ । अहिले स्वर्ण महोत्सव सफल पार्नका लागि विभिन्न उपसमिति मार्फत घरदैलो अभियान , सुझाव संकलन सहित भौतिक संरचना निर्माण जस्ता कार्यहरु भईरहेका छन् ।
प्रकाशित : २०८१ मंसिर २६ गते १२:४७
Facebook Comment