चौधरी उद्योग ग्रामको मुलगेटमा स्थानियको ताला, उद्योग प्रशासन र संर्घष समितिको वार्ता विना निष्कर्ष टुङ्गियो वार्ता

NAWALPUR TIMES
प्रकाशित : २०८१ मंसिर १० गते १९:५५
चौधरी उद्योग ग्रामको मुलगेटमा स्थानियको ताला, उद्योग प्रशासन र संर्घष समितिको वार्ता विना निष्कर्ष टुङ्गियो वार्ता

कावाासोती । उद्योगबाट निस्कने प्रदूषण नियन्त्रणमा उद्योगले चरम लापरवाही गरेको भन्दै देवचुलीमा रहेको चौधरी उद्योग ग्रामको मुल गेटमा मंगलबार दिउँसो स्थानियले ताला बन्दी गरेका छन । विगत ५ दिन देखि विगत ५ दिनदेखि विभिन्न चरणको आन्दोलन गरेका स्थानीयले आफ्नो माग सम्बोधन गर्न उद्योग प्रशासनले चासो नदिएको भन्दै उद्योगको मुल गेटमा तालाबन्दी गरेका हुन ।

तालाबन्दी पछि मंगलबार साँझ जिल्ला समन्वय समिति प्रमुख बाबुराम विश्वकर्मा, सहायक प्रमुख जिल्ला अधिकारी, सहित स्थानिय वातावरण प्रदुषण नियन्त्रण संघर्ष र उद्योग प्रशासन बीचको वार्ता विना निष्कर्ष टुङ्गिएको हो ।

उद्योग प्रशासनले पटक पटक सहमति गरेर धोका दिएको भन्दै तत्काल माग सम्बोधन नहुदाँ सम्म सहमति हुन नसक्ने स्थानिय वातावरण प्रदुषण नियन्त्रण संघर्ष समितिका संयोजक ठाकुरप्रसाद शर्माले बताए । वार्तामा यस अघि जस्तै उद्योग व्यवस्थापनले सहमति मात्रै गर्ने र पुष १५ सम्मको समय मागेकाले सहमति हुन नसकेको उनको भनाई छ । वर्षौदेखि प्रदूषण नियन्त्रणको लागि माग गरेपनि उद्योग प्रशासनले सम्झौता गर्ने तर कार्यान्वयन नगर्दा समस्या बढ्दै गएको भन्दै माग पूरा नभए आन्दोलन जारी रहने शर्माले बताए ।

भुसे ब्वाईलर तुरुन्तै रोकेर मर्मत गर्नुपर्ने, पुरानो ब्वाईलर भत्काएर हटाउनुपर्ने, वैकल्पिक अर्काे नयाँ व्वाईलर बनाउनु पर्ने, वस्तिको नजिक प्लाष्टिक पोल्न बन्द गर्नुपर्ने, ईटिपी ठूलो क्षमताको बनाउनुपर्ने, ठूलो क्षमताको प्लान्ट नबन्दासम्म फोहोर पानी सिजीआइपीको जंगलमा ठूलो खाडल खनेर थेग्य्राउनु पर्ने, खरानीका कारण प्रदुषण पिडित र प्रदुषित पानीको प्रदूषणका कारण पिडितलाई उचित क्षतिपुर्तीको व्यवस्था गर्नुपर्ने हुनु पर्ने माग सहित विगत ५ दिन देखि स्थानियहरु संर्घष समिति बनाएर आन्दोलित भएका हुन ।

उद्योगको मुलगेटमा ताला बन्दी भएपछि उद्योगबाट आयात र निर्यात गर्ने यातायातका साधनहरुको आवगमन बन्द भएको छ ।

प्रकाशित : २०८१ मंसिर १० गते १९:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI