कावासोती । अभिषेक चर्च रजहर देवचुलीको पृथ्वीनगरमा जारी प्रथम देवचुली गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार सम्पन्न खेलमा नवलपुर ११ लाई ५-३ गोल अन्तरले पराजित गर्दै अभिषेक चर्च प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको हो ।
पहिलो हाफमानै खेललाई ३-० को अवस्था पुर्याएको अभिषेक चर्चले दोस्रो हाफमा समेत २ गोल थपेको थियो । अभिषेक चर्चको तर्फबाट सुरजित बुढाथोकी, आशिष् सुनार, अभिषेक महतोले १/१ र विदेशी खेलाडी हेनरीले २ गोल गरे । नवलपुर ११ का तर्फबाट रोशन क्षेत्रीले २ तथा विक्की चामलिङ राईले १ गोल मात्रै फर्काएका थिए ।
खेलको म्यान अफ द अभिषेक चर्च रजहरका अनिल खडका भएका छ्न ।
भोलि मंगलबार साथिभाई फुटबल क्लब र सेन्टर कलेज २८ बिघा बिच खेल हुने छ ।
शान्तिदिप युवा क्ल्बको आयोजनामा सन्चालन भएको प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद तथा उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँँ पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
प्रकाशित : २०८१ मंसिर १० गते १७:४०
Facebook Comment